कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
gorkhapatraonline.com · Wed Sep 23 11:45:18 GMT 2026

कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले १६ लाख ८० हजार रुपियाँ बराबरका ल्यापटप डिस्प्ले स्क्रिन प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान करिब २ बजे कृष्णनगर नगरपालिका–१२ हरिदवातर्फ गस्ती गर्ने क्रममा सडक छेउमा बेवारिसे अवस्थामा रहेका २४० थान ल्यापटप डिस्प्ले फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बरामद डिस्प्लेको प्रतिथान अनुमानित सात हजार रुपियाँका दरले कुल मूल्य १६ लाख ८० हजार रुपियाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)