डरबनमा बन्दुकधारीको आक्रमण, ११ जनाको मृत्यु
gorkhapatraonline.com · Wed Sep 23 12:23:57 GMT 2026

दक्षिण अफ्रिकाको पूर्वी बन्दरगाह सहर डरबननजिकैको एक बस्तीमा बन्दुकधारीले गोली चलाउँदा गर्भवतीसहित ११ जनाको मृत्यु भएको छ । क्वाजुलु-नाताल प्रान्तीय सरकार र प्रहरीले बुधबार घटनाको पुष्टि गर्दै आक्रमणमा अन्य तीन जना बाँच्न सफल भएको जनाएको छ ।
डरबनको दक्षिणमा रहेको क्वामखुथा बस्तीमा मङ्गलबार राति करिब ११ बजेभन्दा केही समयअघि घटना भएको हो । क्वाजुलु-नाताल प्रान्तका मुख्यमन्त्री थामसाङ्का नटुलीका अनुसार पीडित एउटा घरमा भेला भएका बेला सशस्त्र आक्रमणकारी परिसरमा प्रवेश गरी गोली चलाएका थिए । आक्रमणको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै जिम्मेवार व्यक्तिसम्म पुग्न सक्ने महत्वपूर्ण सुराक फेला परेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)