मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

ekantipur.com · Fri May 24 23:37:37 UTC 2024

धनुषा — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई अनुमति दिएको छ ।

सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षण गर्न बाँकी रहेको भन्दै सरकारी वकिलले म्याद मागेकाले अदालतले सोही अनुसारको आदेश दिएको हो, जबकि सिरोहिया पक्राउ परेदेखि नै उनका वकिलले नागरिकताको तत्काल फरेन्सिक जाँच गर्न माग गर्दै आएका थिए । प्रहरीले भने आलटाल गर्दै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)