मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामिछानेलाई मध्यराति पक्राउ गर्न किन हतारियो प्रहरी ?

barnanmedia.com · Sun Apr 06 23:15:17 GMT 2025

हामीलाई आदेश कार्यान्वयनका लागि पत्र आएपछि कानुनी राय पनि लिएर अगाडि बढ्छौँ,’ शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बताएको थियो । तर त्यसको केही समयमै प्रहरी परिचालन भयो । बूढानीलकण्ठस्थित हेपाली हाइट निवासबाट जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामिछानेलाई नियन्त्रणमा लियो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने उच्चको आदेश साँझ ७ः३० मा सार्वजनिक भयो । त्यसको डेढ घण्टामै जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)