बाँकेमा उच्च सतर्कता
ratopati.com · Wed Sep 23 18:25:16 GMT 2026

बाँके । यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने प्रक्षेपणपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विभिन्न क्षेत्रका कमाण्ड पोष्टको नियमित बैठक बसी जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको जानकारी दिए ।
उनले वर्षाका कारण हुन सक्ने सम्भावित डुबान र बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि खोजतलास र उद्धार कार्यका लागि तयारी अवस्थामा बस्न सुरक्षा निकायलाई निर्देशन दिइएको बताए । “विपद्का कारण पर्न सक्ने असरका बारेमा समुदायमा सतर्कता अपनाउन प्रचारप्रसार गर्ने र सम्पूर्ण सरोकारवालालाई व्यापक रूपमा परिचालन गरिने छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)