मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जना पक्राउ

barnanmedia.com · Sun Aug 25 22:09:23 UTC 2024

भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेची नगरपालिका–९ बस्ने २० वर्षीय आदित्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठले भदौ ६ गते काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित भीमसेन स्थानमा रहेको बौद्ध विहारका ८४ वर्षीय भिक्षु गुणघोषलाई कुटपिट गरी मुखमा कपडा कोची, लडाइ डोरीले बाँधेर नगदसमेत चोरी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)