बाँकेको कोहलपुरमा एक होटलबाट अनलाइन सट्टेबाजीमा संलग्न ४८ जना पक्राउ
kendrabindu.com · Thu Sep 24 02:19:45 GMT 2026

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा जिल्ला प्रहरी कार्यालय बाँकेले अनलाइन सट्टेबाजीमा संलग्नलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको छापाका क्रममा मंगलबार राति करिब ४२ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा करिब ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् । उनीहरूमाथि अनलाइन बेट गेममार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)