अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
reportersnepal.com · Thu Sep 24 03:22:23 GMT 2026

सुनसरी, इनरूवा नगरपालिका-३ सहमती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बस्ने २१ वर्षीय युवराज खत्री र २१ वर्षीय अमृत साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी , भोक्राहा नरसिंह गाउँपालिका-३ शिवचोकबाट अवैध लागूऔषध गाँजा २४ ग्राम ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ४ ट्याब्लेट र नाइट्राजेपाम १२ ट्याब्लेट सहित सोही गाउँपालिका-२ अखाह बजार बस्ने २८ वर्षीय हजरत अलीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)