तामझामबिनै राष्ट्रपतिको सवारी
ekantipur.com · Sun Mar 19 01:02:36 GMT 2023
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कुमारीको दर्शन गर्न वसन्तपुरतिर सोझिए । जाँदा र फर्कंदा न सडकमा साइरन बज्यो, न अघिपछि कारकेड नै थियो । राष्ट्रपतिलाई सुरक्षा दिन लावालस्कर गाडी थिएनन् । पिलिकपिलिक बत्ती बल्ने सुरक्षाकर्मीका दुई गाडी अघिपछि थिए ।
सडकमा गाडी र सर्वसाधारणको आउजाउ चलिरह्यो । कुमारीघरमा उनी करिब २० मिनेटजति बसे । त्यसपछि सर्वसाधारणलाई हात हल्लाए र उनीहरूकै बीचबाट बाहिरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)