मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभामा रोकियो

ekantipur.com · Wed Jul 26 01:00:30 GMT 2023

काठमाडौँ — अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुन समयमा नबन्दा पीडकले धम्क्याउने, जाँचबुझ आयोगले काम गर्ने अधिकार प्रयोग गर्न नपाउने र पीडितले न्याय पाउन छाडेका छन् । सरकारले ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश असार २० मा निष्क्रिय भएपछि कानुनी शून्यता छ । कानुन अभावकै कारण अनुचित लेनदेन गर्ने ‘साहु’ ले पीडितलाई धम्क्याउन थालेको सरकारले गठन गरेको मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले जनाएको छ ।

साहुको धम्कीकै कारण मोरङ कटहरी–३ का विनितकुमार सोनारले आइतबार विष सेवन गरेर आत्महत्याको प्रयास गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । ‘कानुनी शून्यताकै कारण मिटरब्याजीले पीडितलाई आत्महत्या गराउनेसम्मका धाकधम्की दिएका छन्,’ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने, ‘आयोगलाई पनि काम गर्न गाह्रो भएको छ । साहुहरूले टेर्न छाडेका छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)