मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नैतिक प्रश्न उठाउँदा सांसदहरूको विरोधाभास : विवादित निकटस्थको प्रतिरक्षा, इतर पक्षमाथि आलोचना

ekantipur.com · Sat Feb 24 00:23:03 GMT 2024

काठमाडौँ — सद्मा प्रतिनिधित्व गर्ने दलका सांसदले आफूअनुकूल व्याख्या गर्दै विवादित पात्रबारे प्रश्न उठाउने क्रममा निकटस्थमाथि भने प्रतिरक्षा गर्ने गरेका छन् । शुक्रबार पनि प्रतिनिधिसभाको बैठकमा सरकारका विवादित मन्त्रीहरू र दोहोरो नागरिकता तथा राहदानी बनाएका संसद्का महासचिवको विषयमा सांसदहरू निकटस्थको प्रतिरक्षामा र विरोधीको आलोचनामा उत्रिए ।

प्रमुख प्रतिपक्ष एमाले र राप्रपाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीबारे नैतिकताको प्रश्न उठाउँदै संसद् नै अवरुद्ध गरे । तीन मन्त्रीको राजीनामा वा बर्खास्तगीको माग गरे । तर, उनीहरूले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दोहोरो नागरिकता र राहदानीको प्रकरणमा भने प्रतिरक्षामा उत्रिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)