मर्मतपछि नेपाल एयरलाइन्सका सबै जहाजहरू सञ्चालनमा
lokaantar.com · Tue Oct 17 16:45:41 GMT 2023
नेपाल एयरलाइन्सका सबै जहाजहरू आवश्यक मर्मतपछि सञ्चालनमा आएका छन् । गत केही दिनदेखि नेपाल एयरलाइन्सका जहाजहरूमा प्राविधिक समस्या आएसँगै केही जहाज अल्पकालीन ग्राउन्डेड भएका थिए भने जसका कारण उडानहरू प्रभावित भएका थिए ।
एयरलाइन्सले नियमानुसार आवश्यक मर्मत पश्चात् नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा असोज २९ गतेदेखि सबै जहाजहरू नियमित उडानमा रहेको जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरूलाई आआफ्नो गन्तव्यमा पुग्न सहज हुने एयरलाइन्सको विश्वास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)