मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुन तस्करीमा संलग्न चिनियाँ गिरोह क्रिप्टो र हुन्डीको कारोबारमा पनि

nayapatrikadaily.com · Fri Sep 01 00:35:00 GMT 2023

नेपालमा कार्गाेमार्फत ठूलो मात्रामा सुन तस्करी गर्दै आएको चिनियाँ गिरोह क्रिप्टोकरेन्सी र हुन्डीको कारोबारमा पनि संलग्न रहँदै आएको प्रहरीले पत्ता लगाएको छ । सुन तस्करीलगायत आपराधिक कारोबारको लेनदेन उनीहरूले क्रिप्टो र हुन्डीमार्फत मिलाउँदै आएका थिए ।

उनीहरूले सुन तस्करीको अवैध रकम वैध माध्यमबाट कारोबार गर्न नमिल्ने भएकाले क्रिप्टोमार्फत चीनमा भुक्तानी मिलाउने गरेको प्रहरीले जनाएको छ । गत २ असारमा बरामद भएको करिब ६० किलो सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको गिरोहमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान गरिरहेको छ । जसमा ६ चिनियाँ, चिनियाँ मूलका एक भारतीय र एक बेल्जियमका नागरिक थुनामा छन् । हालसम्म २६ जनालाई सिआइबीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरू अन्य आपराधिक गतिविधिमा समेत संलग्न रहेको र त्यसमा पनि अनुसन्धान भइरहेको सिआइबी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)