मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कारागारमा १ हजार ४ सय विदेशी

rajdhanidaily.com · Thu Mar 14 23:37:14 GMT 2024

काठमाडौं । नेपालमा २०१९ सालयता ३ सय ६० जना विदेशी अपराधी फरार रहेका छन् । नेपालमा अपराध गरेर फरार हुनेमा पर्यटक भिसामा नेपाल आउनेदेखि विभिन्न कम्पनीमा आबद्धता रहेर घोटाला गर्नेसम्मका छन् ।

८ वर्षअघि वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा संलग्न इयान बेकर फरार सूचीमा छन् । बेकरविरुद्ध राजधानीमै वन्यजन्तुको आखेटोपहारको भण्डारण गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै उनी फरार छन् । प्रहरीले पक्राउ गर्न नसकेपछि उनलाई फरार सूचीमा राखिएको छ । वन्यजन्तुको आखेटोपहराको भण्डारण नै फेला परे पनि उनी उम्कन सफल भएका थिए । उनलाई पक्राउ गर्नलाई प्रहरीले इनटरपोल गुहा¥यो । तर, उनी पक्राउ पर्न सकेनन् । नेसनल जिओग्राफी च्यानलमा डकुमेन्ट्रीमा समेत देखिने उनलाई प्रहरीले चारपटकसम्म इन्टरपोलमार्फत् पत्राचार गरे पनि सफल हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)