बंगलादेशविरुद्ध रोमाञ्चक जित निकाल्दै श्रीलंका एसिया कपको सुपर फोरमा
farakdhar.com · Fri Sep 02 00:35:51 GMT 2022
श्रीलंका यूएईमा जारी टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका समूह ‘बी’ को उपविजेताको रूपमा सुपर फोरमा प्रवेश गरेको हो । पहिलो खेलमा श्रीलंका अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।
बंगलादेश भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा बंगलादेशले दिएको १८४ रनको लक्ष्य श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल मेन्डिसले उत्कृष्ट पारी खेले । ३७ बलको सामना गरेका उनले चार चौका र तीन छक्कासहित ६० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)