एमाले महाधिवेशन आयोजक कमिटी विघटन
rajdhanidaily.com · Wed Jun 30 23:11:51 GMT 2021
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी विघटन गर्ने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आयोजक कमिटी विघटन गरेर १८ असार (शुक्रबार) केन्द्रीय कमिटीको बैठक बस्दै छ । १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेपछि नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी सक्रिय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)