म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन
ratopati.com · Fri Sep 19 17:36:00 GMT 2025

म्याग्दी । म्याग्दीका सडकमा सार्वजनिक यातायात सेवा दिने सवारी साधनको भाडा दर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बिहीबार बेनीमा भएको सर्वपक्षीय बैठकले अस्थायी मार्गमा सार्वजनिक यातायातको भाडा दर निर्धारण र समायोजन गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले स्तरोन्नति भएका सडकमा भाडा दर समायोजन तथा नयाँ मार्ग खुलेका सडकको भाडा दर निर्धारण गरिएको जानकारी दिए ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड, बेनी–दरवाङ र बेनी–रत्नेचौर सडकमा प्रतिकिलोमिटर प्रतियात्रु बसभाडा रु १० र जिप भाडा रु १५ कायम भएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डको ३३ किलोमिटरमध्य २६ किलोमिटर कालोपत्रे भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)