पीवी सिन्धुले रचिन् नयाँ इतिहास
ratopati.com
भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन् । उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल भएकी छन् । यो उपलब्धि हासिल गर्ने उनी सुशील कुमारपछि दोस्रो भारतीय खेलाडी हुन् ।
सिन्धुले चीनकी जियाओ विङलाई केवल ५२ मिनेटमा २१–१३, २१–१५ ले हराउँदै कास्य पद हात पार्न सफल भइन् । सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन् । सुशीलले सन् २००८ को बेइजिङ ओलम्पिकमा कास्य र सन् २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)