मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, महत्वपूर्ण भेट आजदेखि

annapurnapost.com · Thu Jun 01 00:45:03 GMT 2023

नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन्। उनी आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चारदिने भ्रमणमा आएका हुन्।

भारतीय पक्षसँगको महत्वपूर्ण भेटवार्ता बिहीबारदेखि हुने भएको छ। प्रधानमन्त्री दाहाल बिहान १०ः३० बजे राजघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने तालिका छ। हैदरावाद हाउसमा बिहान ११ बजे दाहाल र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुने तय भएको छ। त्यसलगत्तै मध्याह्न १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)