नेपाल वायुुसेवा निगममा उपाध्यक्ष किन ?
annapurnapost.com · Sat Feb 03 00:11:50 GMT 2024
काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल वायुुसेवा निगममा उपाध्यक्ष नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले निगमका सञ्चालक समिति सदस्य विक्रम राइलाई उपाध्यक्षमा नियुक्त गरेको हो। पर्यटनमन्त्री सुदन किरातीको सिफारिसमा राईलाई निगम उपाध्यक्षमा नियुक्त गरिएको बताइएको छ। मन्त्री किरातीले नै राईलाई निगम सञ्चालक समितिमा सदस्य बनाएका थिए। पर्यटन व्यवसायी राई कलेज सञ्चालक पनि हुन्।
निगम सञ्चालनको करिब ६५ वर्षको इतिहासमा पहिलोपटक उपाध्यक्षको व्यवस्था गरिएको छ। यो नियुक्ति कार्यकारीको भए/नभएको भने खुलाइएको छैन। नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ४ को व्यवस्थाअनुसार उपाध्यक्ष ल्याइएको हो। ‘सञ्चालकहरू मध्येबाट नेपाल सरकारले समितिको अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्न सक्नेछ। अध्यक्ष र उपाध्यक्षको हैसियतमा निजहरूको कार्यवधि नेपाल सरकारको इच्छाअनुसार हुनेछ।’ भनि व्यवस्था गरिएको छ। सोही ऐनलाई नै टेकेर निगममा उपाध्यक्ष नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)