कारागारबाट फरार कैदी झापाबाट पक्राउ
rajdhanidaily.com · Sat Aug 16 23:32:45 GMT 2025

इटहरी । सुनसरीको झुम्का कारागारबाट साउन २८ गते बिहान फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी रूपक पौडेल (खत्री) झापाको बिर्तामोडमा आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन् । खोटाङ दिप्रङ चुईचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय खत्री झापाको बिर्तामोड नगरपालिका–१०, विराट पोखरस्थित आफन्तको घरबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले खत्रीलाई शनिवार बिहान ६ बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार खत्री शुक्रवार रातिदेखि आफन्तको घरमा लुकिछिपी बसेका थिए । २८ साउनमा खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका थिए । कारागारको मुढा बनाउने उद्योगको छानामाथि चढेर उनले करिब १० फिट लामो सिडी तयार पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)