‘चेक बाउन्स’ मुद्दाको चाप बर्सेनि दोब्बरले बढ्दै
ratopati.com · Wed Oct 25 06:46:00 GMT 2023
काठमाडौँ । प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता हुने गरेका छन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले बढेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौँमा ३ हजार ७१५ मुद्दा दर्ता भएका थिए । तर, आर्थिक वर्ष २०७९/०८० मा ७ हजार १०१ वटा त्यस्ता मुद्दा दर्ता भएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई चेक बाउन्सको मुद्दामा अनुसन्धान गर्ने अधिकार दिए पनि काठमाडौँ उपत्यकामा यस्ता मुद्दा धेरै हुने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)