मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साथीको हत्या आरोपमा दुई जना पक्राउ

ekantipur.com · Fri Sep 01 17:05:53 GMT 2023

काभ्रे — साथीको हत्या आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । भदौ १२ गते बिहान ८:२५ बजेतिर बेथानचोक गाउँपालिका-२ ढोलखोलामा दोलखाको मेलुङ गाउँपालिका-१ घर भई हाल पेप्सिकोला बस्ने वर्ष २८ को निर्मल बुढाथोकीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा निर्मलको हत्यामा संलग्न उनका साथी दोलखाको सैलुङ गाउँपालिका-८ घर भएका वर्ष २६ का सुजन उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, प्रहरीले सुजनलाई भदौ १३ गते काठमाडौंको ढल्कुबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)