मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाहाललाई चिनियाँ नेता लिउका ६ सन्देश

ekantipur.com · Tue Jul 12 01:05:21 GMT 2022

काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर ६ वटा सन्देश प्रवाह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालसँग सोमबार साँझ खुमलटारमा भेटवार्ता गर्दै लिउले नेपालको आन्तरिक मामिलामा चीनबाट हस्तक्षेप नहुने, नेपालका सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध बनाउने सन्देश दिएका हुन् । उनले नेपालमा चीनविरोधी गतिविधि हुन नपाओस्, यहाँका राजनीतिक दलले आफ्नो फैसला आफैं गरुन् र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई मिलेर अघि बढाऔं भन्ने चाहना पनि व्यक्त गरेका छन् । भेटका क्रममा उनले अन्तर्राष्ट्रिय मुद्दामाथि माओवादी धारणा बुझ्न खोजेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)