साझा क्षेत्रीय चुनौतीको सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यक छ - परराष्ट्रमन्त्री खनाल
nepalviews.com · Tue Jul 28 07:50:07 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकास प्रवर्द्धनका लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) नेपालका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्रीय मञ्च रहेको उल्लेख गर्दै यसप्रति नेपालको दृढ प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।
बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले मंगलबार परराष्ट्र मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री खनालले सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणलाई तीव्रता दिन तथा साझा क्षेत्रीय चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न बिमस्टेक अन्तर्गतका सबै सहकार्यका क्षेत्रमा अझ गहन, प्रभावकारी र परिणाममुखी सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)