मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्युनिख पदयात्रा र हटेरु कुरिबसेका पातिसाल्नाहरू

shilapatra.com · Tue Sep 05 00:29:00 GMT 2023

आजभोलि पहाडी जिल्लाको लाइफ लाइन बनेको छ, सडक । पश्चिमी पहाडमा सबैभन्दा पहिले सडक विस्तार सुरु भएको अछाम जिल्लाका सबै ९१ वटा वडासम्म सडक सञ्जाल विस्तार भइसकेको छ । गाउँबस्तीमा सडक विस्तार रोकिएको छैन । सडकको स्तरोन्नति र विस्तार साथसाथै चलिरहेको छ । गाउँमा नुन, तेल, खाद्यान्नलगायत आवश्यक बजारिया सामान किन्न धेरै टाढा जानै पर्दैन । सकभर गाउँघरको पसलमा पाइन्छ । त्यहाँ मिलेन भने अलि पर खुलेका ससानादेखि ठूला बजारमा सबै सामान किन्न पाइन्छ । धेरै टाढा जानै पर्दैन । यति मात्र होइन, अनलाइनमा अर्डर गरेका कुरियरको सहायताले सामान अछामको गाउँसम्म पुर्‍याउने गरेको देखिन्छ ।

हाम्रा गाउँहरू सडक सञ्जालमा जोडिएपछि उहिलेको 'हाट' भन्ने शब्द एकादेशको कथाजस्तै भएको छ । अनि ट्रक र ट्रयाक्टरबाट अनलोड गरिएका सामान ओसारपसार गर्ने जमानामा हटेरु पनि हराइसकेका छन् । बलिष्ठ जिउ भएका क्विन्टलभन्दा बढी सामान बोक्ने हटेरुको चर्चा हुन छोडेको पनि वर्षौं भइसकेको छ । अनि डोकोभरी घिउ लिएर जाने र नुन, मट्टीतेल, जिरामसला र लुगाफाटो बोकेर फर्किने हटेरु हिँड्ने बाटोको झन् गन्ती नै छैन । सडक सञ्जाल नपुगेको त्यस बखतमा हटेरु हिँड्ने मार्ग हाम्रो लाइफलाइन नै थिए । हटेरु हराए पनि केही वर्ष बम्बईवाला र कालापहाड जाने देशेरु हिँडे । अलिअलि मलवार (तराई) आउनेजाने गमारे (यात्री) ओहोरदोहोर गरेको देखिन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)