मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै 

shilapatra.com · Tue Nov 07 00:47:00 GMT 2023

राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्रमा जाँदै छन् । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ । जाजरकोट आसपासका जिल्लाहरूमा पनि भौतिक क्षति पुगेको छ ।

राष्ट्रपति पौडेल आज जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन् । भूकम्पकै कारण उनले पूर्वनिर्धारित युरोप भ्रमणसमेत स्थगित गरेका थिए । जाजरकोट भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भइसेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)