भारतमा खोपको फरक मूल्यका विषयमा सर्वाेच्च अदालतले माग्याे माेदी सरकारसँग स्पष्टीकरण
baahrakhari.com · Fri Apr 30 17:39:00 GMT 2021
नयाँ दिल्ली । भारतमा कोरोना महामारीका कारण उत्पन्न विविध समस्याका विषयमा यहाँको सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ । केन्द्र, राज्य र निजीअस्पतालहरूमा भाइरसविरुद्धको खोपको मूल्य निकै फरक रहेको भन्दै अदालतले सरकारसँग जवाफ मागेको टाइम्स अफ इन्डिया ले जनाएको छ ।
"सबै खोप खरिद गरेर राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गर्न किन सक्दैन सरकार" भन्दै अदालतले प्रश्न गरेको छ । कुन राज्यले कति मात्रा खोप पाउने भन्ने निर्णय निजी उत्पादकले तय गर्न नसक्ने भन्दै अदालतले सबै नागरिकलाई निशुल्क खोप दिइने विषयमा योजना बनाउन भनेकाे छ । "कुन राज्यले कति खोप पाउँछ यसको निर्णय निजी खोप उत्पादकले गर्ने छैनन् । उनीहररूलाई छुट दिइनु हुँदैन । धेरै गरिब खोपको मूल्य तिर्न सक्षम नरहेकाले सरकारले राष्ट्रिय खोपको मोडल बनाओस्," अदालतको आदेशमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)