संवैधानिक व्यवस्थाविपरीत कर उठाउँदै कोशी सरकार
ekantipur.com · Wed Aug 30 00:30:39 GMT 2023
मोरङ — कोशी सरकारले फेरि संवैधानिक व्यवस्थाविपरीत सोमबारबाट कर असुली सुरु गरेको छ । प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन नसक्दा कोशीमा सोमबारदेखि बजेट शून्यता भएको छ ।
संविधानले कानुनबमोजिम मात्रै कर संकलन गर्न पाउने व्यवस्था गरे पनि कोशी सरकारले कानुन नै नभएको अवस्थामा कर असुली गरिरहेको हो । सभामुखको हस्ताक्षरले गत असार २१ मा मुख्यमन्त्री भएका र सभाध्यक्षको भोटले विश्वासको मत लिएका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले पुनः संवैधानिक व्यवस्थाविपरीत कर असुली सुरु गरेको हो । मुख्यमन्त्री थापाले प्रतिस्थापन विधेयक ल्याउन नसक्दा तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश आइतबार राति १२ बजेबाट निष्क्रिय भएको छ । यसले प्रदेशमा बजेट शून्यता सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)