सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल
ekantipur.com · Sat May 18 00:02:48 UTC 2024

काठमाडौँ — सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी दलहरू एकमत भएका छन् । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयलाई लिएर शुक्रबार छलफलमा जुटेका कांग्रेस, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादीले तत्काल छानबिन समिति बनाउनुपर्ने अडान लिएका हुन् ।
यसअघि प्रमुख प्रतिपक्ष कांग्रेसले मात्र गृहमन्त्री लामिछानेको संलग्नता र कारबाही सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्दै आएकामा जसपा, राप्रपा र लोसपा पनि एक ठाउँमा उभिएपछि संसदीय छानबिन समिति बनाउन सत्तापक्षलाई दबाब परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)