राजनीतिक लेपमा बन्द हत्याकाण्डको फाइलमाथि १९ वर्षपछि छानबिन हुने, अनुसन्धानको राडारमा उपेन्द्र यादवहरू
barnanmedia.com · Mon Aug 18 23:24:54 GMT 2025

कैलालीको टीकापुरमा नौ जनाको हत्या घटना हुनुअघि नै रौतहटको गौरमा अझ भयानक घटना भएको थियो। ०७२ भदौमा टीकापुरमा भएको घटनामा रेशम चौधरी मुख्य दोषी करार भए। भलै उनी नेता भएर उदाय, तर तीन तहका अदालतले उनीसहितलाई जन्मकैद गरेको हो।
तर, उपेन्द्र यादव उदाएको गौर हत्याकाण्ड भने १९वर्षसम्म लुकाइयो। यसमा प्रहरीले समेत अभियोजन प्रक्रिया अगाडि बढाएन। कारण, २७ जनाको ज्यान गएको घटना पनि राजनीतिक लेपमा लुकाइएको थियो। २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरको राइसमिल नजिकै माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम (हाल जसपा नेपाल) बीच झडप भएको थियो। झडपका क्रममा ज्यान जोगाउन भागेकाहरूमाथि फोरमका कार्यकर्ताले खुकुरी, गोली र लाठी, बासको फरठा प्रहार गरी निर्मम हत्या गरेको माओवादीको आरोप छ । कतिसम्म भने दुवैतर्फबाट झडपसँगै गोली हानाहानसमेत भएको थियो ।योबीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पटकपटक प्रधानमन्त्री बने। तर, २७ माओवादी कार्यकर्ताको मृत्युबारे कदम चालेनन्। तत्कालीन सरकराले पुनरावेदन अदालत पाटनका तत्कालीन न्यायाधीश हरिप्रसाद घिमिरेको संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेपनि प्रतिवेदन लुकाइयो। बरु मृतक परिवारलाई १० लाखका दरले क्षतिपूर्ति दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)