जम्मू कश्मीरको नौगाम प्रहरी कार्यालयमा विस्फोट, ६ जनाको मृत्यु, २७ घाइते
ratopati.com · Fri Nov 14 23:33:00 GMT 2025

काठमाडौँ । बिहीबार राति करिब ११ : २० बजे श्रीनगरको नौगाम प्रहरी स्टेसनभित्र स्फोट भएको छ। घटनामा ६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैजसो प्रहरीकर्मी र फाेरेन्सिक अधिकारी रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार आर्मी बेस अस्पतालमा भइरहेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको छ । विस्फोटपछि आसपासको क्षेत्र हाई अलर्टमा राखिएको छ।
प्रहरीका अनुसार यो ब्लास्ट त्यतिबेला भयो जब अधिकारीहरूले ‘ह्वाइट कलर’ आतङ्कवादी प्रकरणमा बरामद गरिएको विस्फोटक पदार्थको नमुना परीक्षण गर्दै थिए। सोही क्रममा फरीदाबादबाट पक्राउ परेका डा. मुजम्मिल गनईको भाडाको बसोबासबाट बरामद ३६० किलो अमोनियम नाइट्रेटको केही अंश परीक्षणका लागि प्रहरी कार्यालयमा ल्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)