मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

… अनि प्रहरी पनि छक्क पर्‍यो

rajdhanidaily.com · Mon Sep 18 23:02:48 GMT 2023

काठमाडौं । गत शुक्रबार राति काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा जुन घटना भयो, त्यो घटना पक्कै पनि सामान्य होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुस्किलले दुई किलोमिटर, नयाँ बानेश्वर प्रहरी वृत्त, सशस्त्र प्रहरीको सिनामंगलस्थित उद्धार गण, कोटेश्वर प्रहरी विभागको नजिकै रहेको दिव्य सःमिलमा भएको चार–चार जनाको सामूहिक हत्याकाण्ड मुलुककै शान्ति सुरक्षामाथि प्रश्नचिह्न खडा गर्न पर्याप्त थियो । शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी पाएको गृह मन्त्रालय र प्रहरी प्रशासनलाई त यो घटना आफ्नो इज्जत र प्रतिष्ठासँगै जोडिएको थियो ।

त्यसो त लामो समयसम्म शान्त काठमाडौं उपत्यकामा दुई–तीन महिनादेखि खुलेआम गुन्डागर्दी, ग्याङ्फाइट, बलात्कारजस्ता घटनामा भएको वृद्धिले राजधानीवासीकै मथिंगल बिगारिरहेको थियो । यस्तो बेला भएको यो दर्दनाक घटनाले राजधानीवासीमा ‘हामीहरू सुरक्षित छैनौं है’ भन्ने भावना जबर्जस्त विकास हुनु नौलो कुरा पनि भएन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)