अग्नि सापकोटाको फैसला छल्न राउत आफै बाग्लुङ गए कि प्रधानन्यायाधीशले पठाए ?
barnanmedia.com · Fri Jun 28 22:48:23 UTC 2024

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको फैसला गत बुधबार अनायासै रोकियो । अनायासै किनभने उक्त दिन फैसला गर्नुपर्छ भनेर सारा जगतलाई थाहा थियो । सर्वोच्च अदालतका प्रत्येक न्यायाधीश र कर्मचारीलाई त झन् थाहा थियो । तर पनि उक्त दिन फैसला आएन । किनभने त्यस दिन एकजना न्यायाधीश अनुपस्थित रहे । अनुपस्थित रहने न्यायाधीश हुन् प्रकाशमान सिंह राउत ।
राउत त्यस दिन सर्वोच्च जानु नपरोस् भनेर नै होला, बाग्लुङतिर पुगेका थिए । निहुँ बनाइएको थियो, अदालत निरीक्षणको । अदालत निरीक्षण नेपालमा एक यस्तो कर्मकाण्ड बनेको छ कि उपल्ला अदालतका न्यायाधीश देश डुल्ने, सलामी र चाकडी खाने अनि मस्तले बिदा मनाउनेबाहेक अर्को कुनै उपादेयता छैन । यदि छ भने यस्तै रणनीतिक महत्त्वका मुद्दा छल्ने बहानाका लागि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)