लागुऔषधसहित सुनसरीबाट सात जना पक्राउ
gorkhapatraonline.com · Tue Sep 29 05:35:08 GMT 2026

सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का मनिष योगी र पुजन श्रेष्ठ, इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिस माझी तथा इटहरी उपमहानगरपालिका–१२ खनारका २० वर्षीय अजयकुमार चौधरी र इटहरी उपमहानगरपालिका–११ का ३० वर्षीय सुमित गुरुङ रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)