तास खेलेको आरोपमा पक्राउ, प्रहरी हिरासतमा बेहोस हुँदा उपचारका क्रममा मृत्यु
gorkhapatraonline.com · Tue Sep 29 09:38:07 GMT 2026

तास खेलिरहेको अवस्थामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका एक व्यक्ति अचानक बेहोस भएपछि उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा निधन भएको हो ।
विराटनगर–६, सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति करिब साढे ११ बजे गस्ती टोली तास खेलिरहेको ठाउँमा पुगेको थियो । प्रहरी पुगेपछि केही व्यक्ति भागेका थिए भने प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । त्यसै क्रममा कोइराला पनि भाग्न खोज्दा लडेर घाइते हुनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)