जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी?
nepallive.com · Tue Sep 29 14:48:23 GMT 2026

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सर्वोच्च अदालतले उठाएको सुरक्षा र न्यायिक स्वतन्त्रताको प्रश्नबीच प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।
प्रधानन्यायाधीश शर्मालाई भेट्न आइजिपी कार्की मंगलबार सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च स्रोतका अनुसार शर्मा र कार्कीबीच करिब ४० मिनेट छलफल भएको थियो। प्रधानन्यायाधीशको सचिवालयका अनुसार भेटमा न्यायाधीश तथा न्यायिक जनशक्तिको सुरक्षा चुनौतीसहित अन्य समसामयिक विषयमा कुराकानी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)