प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय
rajdhanidaily.com · Mon Sep 16 23:12:26 UTC 2024

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण आउँदो १९ असोजबाट अनिवार्य अवकाश हुँदै छन् । श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)