११ महिना अघि नै प्रहरी कार्यालय पुगेका सानु भण्डारी कसरी छुटेका थिए ?
onlinekhabar.com · Mon May 08 17:19:04 GMT 2023
२५ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणले अहिले राजनीति तातेको छ । संसद्मा हरेक दिन यो विषयमा प्रश्न उठ्ने गरेको छ । सोमबार सांसद् अमरेशकुमार सिंहले भ्रष्ट्राचारको विषयमा बोल्न नपाएको भन्दै अर्धनग्न भएर विरोध प्रदर्शन नै गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले आफ्नो दलविरुद्ध प्रतिशोध साँध्ने र अरु दललाई जोगाउन खोजेको आरोप लगाएका छन् । त्यसक्रममा ओलीले ११ महिनअघि नै दुई जनालाई पक्राउ गरेर किन छाडियो भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
