टिम बेल्जियममा खै 'गोल्डेन जेनेरेसन'को जस्तो चमक ? (भिडियोसहित)
shilapatra.com · Sun Jun 07 15:05:29 GMT 2026

उत्तर अमेरिकामा १२ जुनदेखि फिफा विश्वकप २०२६ सुरु हुँदै छ । पश्चिम युरोपेली राष्ट्र बेल्जियमले आफ्नो पहिलो खेल १५ जुनमा मोहम्मद सालाहको उत्तर अफ्रिकी देश इजिप्टविरुद्ध खेल्ने छ । गएराति फ्रेन्डली म्याचमा इजिप्टले ब्राजिलविरुद्ध १ गोल गरेर २ गोल खायो । इजिप्टले आफूलाई डरलाग्दो आक्रमणकारी हो भनेर देखाउन खोजेकाले बेल्जियमका लागि ऊ कडा प्रतिस्पर्धी हुन सक्छ ।
बेल्जियमले २१ जुनमा एसियाली राष्ट्र इरानविरुद्ध खेल्नेछ । इरान पनि पछिल्लो समय निकै प्रतिस्पर्धी टिमका रूपमा अगाडि आएको छ । पछिल्ला दुई मैत्रीखेल जित्ने क्रममा उसले गाम्बियालाई ३ गोल र मालीलाई २ गोल हानेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा
युरोकप