महन्थ ठाकुरको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन, दुवै पक्षलाई डाकियो
baahrakhari.com · Sun Jul 25 14:12:00 GMT 2021
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवादमा सर्वोच्च अदालतले आगामी १५ गते दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगको पार्टी दर्ता हुँदा बखतका कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने र सोमबार दुवै पक्षलाई सशरीर उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुंगो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न ठाकुर पक्षले अन्तरिम आदेश मागेको थियो ।
तर, कुमार रेग्मीको एकल इजलासले ठाकुर पक्षको मात्र तर्क सुनेर अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रेग्मीको इजलासले आगामी १५ गते दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)