सप्तरीका सुरक्षा निकायका कार्यालयमा मात्रै ३१ लाखभन्दा बढीको क्षति
rajdhanidaily.com · Tue Sep 23 23:36:11 GMT 2025

राजविराज । जेनजीले गरेको प्रदर्शन हिंसात्मक भई तोडफोड र आगजनीबाट जिल्लाको सुरक्षा निकायका कार्यालयमा मात्रै लाखौंको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय तथा युनिटहरूमा तोडफोड र आगजनीबाट लाखौंको क्षति भएको हो ।
२४ भदौमा जेनजीले थालेको प्रदर्शनको क्रममा जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरी कार्यालय र युनिटमा भएको तोडफोड र आगजनीबाट ३१ लाख ८५ हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)