‘नेतालाई त यस्तो छ सर्वसाधारणलाई भए कस्तो होला?’
pahilopost.com · Thu Feb 16 16:16:36 GMT 2023
काठमाडौं : बिहीबार बिहान उज्यालो हुनासाथ कीर्तिपुर अस्पतालमा भीड बढ्यो। ‘आगलागीबाट गम्भीर घाइते सांसद् चन्द्र भण्डारीको उपचार हुँदै, आमाको अवस्था जटिल’ यस्तै हेडलाइनका समाचार आउन थालेपछि भण्डारीका शुभेच्छुकदेखि कांग्रेस नेता/कार्यकर्ता हतारहतार अस्पताल पुगे। राति नै अस्पताल पुग्नेले समाजिक सञ्जालमार्फत जानकारी दिइसकेकै थिए सांसद भण्डारी र आमा हरिकलाको स्वास्थ्यबारे।
अस्पतालको भीड व्यवस्थानका लागि सशस्त्र प्रहरी नै परिचालन गर्नुपर्यो। उनको स्वास्थ्यलाभको कामना गर्न आएकाहरुको गाडी र मोटरसाइकलको पार्किङ मिलाउनै सकस भइरहेको थियो प्रहरीलाई। नगरपालिकाको नयाँ भवनदेखि पुरानो भवनसम्म सडक छेउमै पार्किङ गरिएका थिए गाडी मोटरसाइकल। हतार हतार पुग्नेको जिज्ञासा हुने गरेको थियो - चन्द्र दाईको अवस्था के छ? यता नहुने भयो रे है? अस्पताल बाहिरै कुरिरहनुर्ने भएपछि घटनाबारे अनेक अड्कलबाजी लगाइरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)