मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिटौला राष्ट्रिय सभा अध्यक्ष कि सरकारमा ?

ekantipur.com · Thu Feb 01 01:02:30 GMT 2024

काठमाडौँ — राष्ट्रिय सभाको अध्यक्षका रूपमा हेरिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणबाट बढ्दै गरेको माओवादीसँगको अविश्वासले चिन्ता बढाएको छ । माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट सिटौलाले चुनाव जित्दा सत्ता गठबन्धनबाटै माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । आफ्नो उम्मेदवार हार्नुमा कांग्रेस संस्थापनइतरको असहयोग रहेको माओवादीको ठम्याइ छ ।

यसअघि पनि सत्ता गठबन्धनको निर्णयविपरीत कांग्रेसभित्रकै ‘विद्रोह’ ले माओवादीले कोशीमा मुख्यमन्त्री पाउन नसकेको गुनासो पनि छ । पछिल्ला दुई घटनाले गठबन्धनको निरन्तरता रहे पनि कोशीमा कांग्रेससँग सहकार्य तोड्न माओवादी नेतृत्वलाई दबाब परिरहेका बेला राष्ट्रिय सभाको अध्यक्ष कसले पाउने भन्ने मुद्दा चर्चाको केन्द्रमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)