मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको ४ वर्षपछि नयाँ वडाध्यक्ष

ekantipur.com · Mon Oct 25 00:52:11 GMT 2021

जनकपुर — दुई मतले विजयी घोषित हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार रायलाई हर्षभन्दा बढी अन्योलले घेरेकोजस्तो भान भयो । बधाई दिनेलाई पनि उनी खुलेर धन्यवाद भन्न सकिरहेका थिएनन् । ‘अहिले जित घोषणा गरेर मलाई न्याय भयो कि अन्याय आफैं दोधारमा छु,’ रायले आफ्ना शुभचिन्तकसँग यति मात्रै भनिरहे ।

‘ढिलो न्याय दिनु नदिनुसरह हो’ भन्ने विधिशास्त्रीय मान्यताको एक ताजा भुक्तभोगी हुन् महोत्तरीको मनरा शिशवा नगरपालिका–१० का नवनिर्वाचित वडाध्यक्ष राय । स्थानीय तहको निर्वाचन सकिएको ४ वर्षपछि गरिएको पुनः मतगणनामा उनी निकटतम प्रत्याशीभन्दा दुई मत बढी ल्याएर विजयी घोषित भएका हुन् । घोषणा आइतबार भएको हो । प्रदेश २ मा २०७४ असोज २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । वडाध्यक्षमा राय र कांग्रेसका अरुणकुमार चौधरीबीच दह्रो प्रतिस्पर्धा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)