विराटनगरबाट एक क्विन्टल चाँदी बरामद, ज्वेलर्स सञ्चालक भारतीय नागरिक पक्राउ
ekagaj.com · Thu Nov 02 16:14:51 GMT 2023
विराटनगर- विराटनगरको एक ज्वेलर्सबाट झण्डै एक क्विन्टल चाँदी बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर भन्सार कार्यालयको टोलीले छापा मार्दा बिल बीजक नभएको ९९ किलो ९४६ ग्राम चाँदीसहित विराटनगर महानगरपालिका– ११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वनाथ जानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वनाथ भारतीय नागरिक रहेको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)