लागुऔषध ट्रामाडोल सहित रातोपुलबाट दुई जना पक्राउ
ratopati.com · Wed Sep 30 11:11:25 GMT 2026

काठमाडौँ । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–९ गाईघाट घर भएका २५ वर्षीय मनोज कार्की र रामेछापको मन्थली नगरपालिका–४ घर भएका २२ वर्षीय अजय रेश्मी मगर छन् ।
सोमबार साँझ रातोपुलबाट पक्राउ परेका उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ५६० क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)