छ वटै महानगरमा कांग्रेसको नेतृत्व हुनुपर्ने माग
ekantipur.com · Sat Apr 16 16:55:02 GMT 2022
काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले चुनावी तालमेल गरेपनि छ वटै महानगरपालिकामा आफ्नै नेतृत्व हुनुपर्ने माग गरेका छन् । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेताहरूले छ वटै महानगरपालिकामा कांग्रेसको नेतृत्व हुनुपर्ने माग गरेका हुन् । बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धनमा रहेका सबै दललाई मिलाएर लैजानुपर्ने भन्दै सहजीकरण गर्न रुलिङ गरेका थिए ।
केन्द्रीय सदस्य एनपी सावदले बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारीबारे छलफल भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)