एशिया कप-२०२३ः श्रीलंकाले पाकिस्तानलाई हरायो, अब फाइनलमा भारतसंग भिड्ने
kalakarmi.com · Fri Sep 15 00:12:36 GMT 2023
कोलम्बो– एसिया कप २०२३ को पछिल्लो खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएको छ । बिहिवार राति सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानलाई दुई विकेटले पराजित गरेको हो । योसंगै अब एशिया कपको फाइनलमा उपाधिका लागि भारत र श्रीलंकाबीच पर्सि भदौ ३१ गते आइतवार प्रतिस्पर्धा हुनेछ । श्रीलंका ११ औं पटक एशिया कपको फाइनलसम्म पुग्न सफल भएको हो ।
बिहिवारको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । वर्षाले पटक–पटक अवरोध पुर्याएको यो ४२ ओभरको खेलमा पाकिस्तानी टीमले ७ विकेटको क्षतिमा २५२ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)