सर्वोच्चबाट न्यायिक निरुपणको खोजीमा भट्ट
news24nepal.tv · Thu Oct 01 03:16:33 GMT 2026

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरण र बैकिङ कसूर प्रकरण अहिले सर्वोच्च अदालतको बन्दीप्रत्यक्षीकरण रिटसम्म आइपुगेको छ । उनका बुबा चतुर्भुज भट्टले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले असोज ८ गते सरकारलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । उक्त तीन दिनको म्याद गुज्रिसकेको छ । यो आदेशसँगै भट्टको थुनाको वैधता फेरि एकपटक सर्वोच्चको परीक्षणमा परेको छ ।
व्यवसायी दीपक भट्टविरुद्ध सर्वोच्च, पाटन विशेष, उच्च र काठमाडौं जिल्ला अदालतमा चार प्रकृतिका मुद्दा विचाराधीन छन् । ती मुद्दाहरू गत जेठ २८ र २९ गते एकै समयमा दायर भएका हुन्।पहिलो मुद्दा सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालत, काठमाडौँमा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)